नेपाली चलचित्र विश्व बजारमा जाने ? अहिले सोच्दै नसोचे हुन्छ !

बाह्रखरी

काठमाडौं

नेपाली चलचित्रको विदेशी बजार खोज्न तत्काल सहज नरहेको चलचित्रकर्मीहरुले बताएका छन्। कसैले चाहेकै र रहर गरेकै भरमा विदेशी बजारमा नेपाली चलचित्र सहजै नपुग्ने चलचित्रकर्मी बताउँछन्। अहिले नै यो महत्वाकांक्षा पाले अन्ततः निराशा हातपर्ने उनीहरुको भनाइ छ।

निर्देशक प्रदीप भट्टराई कोट–पाइन्ट लगाएर प्लेनको टिकट काटेर विदेशमा चलचित्र लिएर जाँदैमा नेपाली चलचित्र विदेशी बजारमा नपुग्ने व्यंग्य गर्छन्। नेपाली चलचित्र उद्योगले युनिभर्सल कन्टेन्ट बनाउन नसकेको उनको ठम्याइ छ।

“नेपालको चलचित्र अहिलेसम्म आएको थिएन, हेर्दिऔँ भनेर कसैले हेर्दैन। खुला बजारमा जाने हो भने दर्शकलाई स्वयं चलचित्रले आकर्षित गर्न सक्नुपर्छ,” निर्देशक भट्टराई भन्छन्, “उनीहरुलाई यो चलचित्र छुटाउनु हुँदैन भन्ने भावना हाम्रा चलचित्रले सिर्जना गर्न सक्नुपर्छ। नेपालमा पनि राम्रो चलचित्र बन्छ भन्ने हल्ला हुनुपर्छ।”

प्रकाशित मिति: : 2021-04-30 10:08:00

प्रतिकृया दिनुहोस्