गरीबी निवारण कोषमा भ्रष्टाचार– भाग ३ : टेबलदेखि ल्यापटपसम्म गायब, सवा ४ करोडका सामान घरघरमा !

लोकान्तर

काठमाडौँ

अजय अनुरागी

गरीबी निवारण कोषमा गरीबको गरीबी निवारणभन्दा कर्मचारीको रजाईंमै बढी खर्च हुने गरेको पाइएको छ ।

विश्व बैंकको आर्थिक लगानी रहेको उक्त कोषमा गरीबभन्दा पनि त्यहाँ काम गरेर विदेशी डलरमा सुविधा पाउने कर्मचारीहरूले नै आफ्नो हितका लागि बढी काम गर्ने गरेको भेटिएको हो ।

यहाँसम्म कि झण्डै सवा ४ करोडका सामान नै कर्मचारीले गायब पारेका छन् । यस्तै कालीगढका लागि तय भएको विदेश भ्रमणमा कालीगढलाई पठाउनुभन्दा पनि कोषमा कार्यरत कर्मचारी तथा हाकिमहरूलाई नै भ्रमण गएर मोजमस्ती गर्ने तथा भ्रमण भत्ता कुम्ल्याउने गरेको पनि पाइएको छ ।

द्वन्द्व प्रभावितका लागि बजार निर्माण परियोजनाअन्तर्गत बाँसबाट निर्मित हस्तकला सामग्रीहरूको उत्पादन गर्नका लागि कोषले देशका विभिन्न जिल्लामा गरेर कुल ३२७ वटा उत्पादन समूह बनाएको थियो ।

ती उत्पादन समूहमा ७ हजार ४८० जना सदस्य आबद्ध भएका थिए । त्यही समूहमध्ये केही समूहका सदस्यलाई बाँसबाट निर्मित हस्तकला सामग्रीको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बजार प्रबर्द्धन, नमूनाबारे जानकारी, गुणस्तरीय सामानको उत्पादन लगायत यसका विभिन्न आयामबारे अध्ययन गराउने उद्देश्यले कोषले विदेश भ्रमण गर्ने कार्यक्रम तय गरेको थियो ।

प्रकाशित मिति: : 2021-04-29 11:48:00

प्रतिकृया दिनुहोस्