बाँकेमा कोरोना संक्रमणबाट एकैदिन ८ जनाको मृत्यु भएको छ।
बाँकेका ६ जना, कैलाली र बर्दियाका एक-एकजना गरी ८ जनाको मृत्यु भएको हो।
यससँगै कोरोनाबाट बाँकेमा ज्यान गुमाउनेको संख्या १०७ पुगेको छ।
त्यस्तै, रुपन्देहीका थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। बुटवलका दुई पुरुष र मायादेवी गाउँपालिकाकी एक महिलाको मृत्यु भएको हो।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार योसँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुनेकाे संख्या १८४ पुगेको छ।
जिल्लामा २ हजार २ सय १२ जना सक्रिय संक्रमित छन्। बुधबार मात्रै रुपन्देहीमा ३ सय ८० जना नयाँ संक्रमित थपिएका थिए।