नाम कमाएका जनकपुरका पूर्व खेलाडी अचेल समोसा बेच्छन्

सेतोपाटी

काठमाडौं

करिब दुई दशकअगाडि क्रिकेट र फुटबलका अब्बल खेलाडीमा जनकपुरधामका खेलाडीहरू पनि पर्थे। यहाँका खेलाडीसामु राष्ट्रिय टिमका खेलाडीले समेत कयौं पटक पराजय भोगे। अहिले जनकपुरधामका ती खेलाडीमध्ये केहीले आफ्नो सीप बिर्सिसके। कोही अरू नै पेसामा गुजारा चलाइरहेका छन्। 

जनकपुरधामको खेल जगत चम्काउनेमध्येका एक हुन् पूर्व खेलाडी अशोक दत्त। अहिले साहित्यकार एवं पत्रकारका रूपमा पहिचान बनाएका दत्त कुनै समय क्रिकेटको बलिङमा खप्पिस मानिन्थे। क्रिकेटमा धारिलो बलिङ गर्ने दत्तसामु धेरै खेलाडी खेल्न हिचकिचाउँथे।

'सुरूमा बलरका रूपमा जनकपुर अञ्चलको टिममा स्थान पाएको थिएँ,' दत्तले भने, 'पछि ब्याटिङमा पनि राम्रो गरेँ अनि मलाई अलराउन्डर बनाइयो।'

अलराउन्ड प्रदर्शन क्रममा उनको टिमले राष्ट्रियस्तरमा गोल्ड तथा सिल्भर मेडल जित्न सफल भएको थियो। अब्बल दर्जाका क्रिकेटरका रूपमा पहिचान बनाएकै कारण दत्तले जनकपुर चुरोट कारखानामा जागिर पाएका थिए। कारखानाले तत्कालीन समयमा विभिन्न खेलमा आवद्ध राम्रा खेलाडीहरूलाई जागिर व्यवस्था गरेको थियो।

प्रकाशित मिति: : 2021-04-29 09:40:00

प्रतिकृया दिनुहोस्