आज बिहानै रुपन्देहीमा ३ जना कोरोना संक्रमितको मृत्यु

रुपन्देहीमा आज थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा आज बिहान दुई पुरुष र एक महिलाको मृत्यु भएको हो।

उनीहरुको क्रमश २ः३० बजे, २ः४५ बजे र ३ बजे मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ।

यससँगै रुपन्देहीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८४ पुगेको छ। हाल जिल्लामा २२ सय १२ जना कोरोना संक्रमित छन्।

बुधबार मात्रै रुपन्देहीमा ३ सय ८० जना नयाँ संक्रमित थपिएका थिए। 

प्रकाशित मिति: : 2021-04-29 09:35:00

प्रतिकृया दिनुहोस्