अहिलेको व्यवस्थापनले महामारी नियन्त्रण हुँदैन, थेग्नै नसक्ने अवस्था आउनसक्छ

नेपाल खबर

काठमाडौँ

हामी संक्रमणको दोस्रो लहरमा पुग्नुको दुई वटा कारण छ।

एउटा, संक्रामक महामारीको प्रकृति के हुन्छ भने संक्रमण पिकमा पुगेपछि विस्तारै खस्ने गर्छ। यो सामान्य प्रक्रिया हो। हाम्रोमा खस्दै गइरहेको थियो। त्यसबेला संक्रमण विस्तार कम भएकै हो।

संक्रमणको विस्तार कम हुँदा हामीले सबैभन्दा बढी ख्याल गर्नुपर्थ्यो। अझ बढी जनस्वास्थ्यका विधि कार्यान्वयन गरेर निस्तेज गर्दै लैजानुपर्ने थियो।

त्यसबेला संक्रमण कम भए पनि संक्रमणको स्रोत हाम्रो समुदायमा बाँकी नै थियो। जब संक्रमणको स्रोत बाँकी रहन्छ, तब अवसर पाउनेबित्तिकै त्यो विस्तार भइहाल्छ। हामीले यो बीचमा जनस्वास्थ्यका विधिलाई धेरै नै खुकुलो बनायौँ। जसले संक्रमणको स्रोत विस्तार हुने अवसर पायो।

प्रकाशित मिति: : 2021-04-29 09:23:00

प्रतिकृया दिनुहोस्