जसले पासपोर्ट च्यातेर विदेश नजाने निधो गरे

सेतोपाटी

जनकपुरधाम

नेहा झा

वैदेशिक रोजगारीमा गएका नेपालीले पठाउने रेमिट्यान्सले हाम्रो अर्थतन्त्रलाई ठूलो भर दिएको छ। तर उनीहरूले त्यो पैसा कमाउन समस्याका भार पनि ठूलै उठाइरहेका छन्।

विदेशमा नेपालीले कामका सिलसिलामा भोग्ने समस्याका कारण धेरै छन्। यसमध्ये प्रमुख सम्बन्धित कामको सीप नहुनु पनि हो।सीप नभएकैले कम तलब पाएका र सास्ती खेपेका हजारौं नेपालीमध्ये एक हुन् धनुषा, सहिदनगर नगरपालिका-३ का विवेक यादव।

दस वर्षपहिले परिवार धान्न सहज होला भनेर कतार पुगेका विवेकलाई त्यहाँ गएर गर्ने कामबारे केही जानकारी थिएन।

'आफूले सक्दो मेहनत गरेर कमाउँछु, आएको पैसा घर पठाउँछु भन्ने मात्रै थियो,' विवेकले भने, 'तर मेहनत गर्छु भनेर मात्र हुने रहेनछ। दुःखको पहाडै बोकेझैं भयो।'

विवेक एक संरचना निर्माणको काममा गएका थिए। उनले इँटा र सिमेन्ट बोक्नुपर्थ्यो।

'त्यति बेला मेरो तौल नै ४५ किलो थियो। मैले बोक्ने इँटाको भारी पनि लगभग त्यति नै हुन्थ्यो,' विगत सम्झिँदै विवेकले भने, '५० डिग्री सेल्सियससम्मको गर्मीमा आफ्नै वजन बराबर भारी बोक्नुलाई मेहनत भन्ने कि के?'

 

प्रकाशित मिति: : 2021-04-28 13:15:00

प्रतिकृया दिनुहोस्