म्यान्मारः सरकारी सैन्य अड्डा सशस्त्र समूहको नियन्त्रणमा

निर्मल खराल

म्यान्मार
karennews

म्यान्मारको जातीय सशस्त्र विद्रोही समूह करेन नेशनल यूनियन (केएनयू)ले सरकारी सुरक्षा–फौजको सैन्य अड्डा आफ्नो नियन्त्रणमा लिएको बताएकाे छ।

केन्द्रीय सरकारबाट स्वायत्तता खोज्ने आदिवासी समुदायको मुख्य राजनीतिक विद्रोही सशस्त्र समूह केएनयूका एक प्रवक्ताले मंगलबार म्यान्मार–थाई सीमा क्षेत्रको सैन्य अड्डामा आक्रमण गरेको दाबी गरे। 

केएनयूले सरकारी सेना बसिरहेको 'क्याम्प' लक्षित आक्रमण सफल भएको बताएको छ।

समूहका विदेश मामिला प्रमुख पदोह साव ताव नीले घटनामा भएको क्षति बारे सबै विवरण नआएको जनाएका छन्। म्यान्मारको सैन्य जुन्ता सरकारले भने यस सम्बन्धमा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन।

थाईल्याण्डसँग सीमा जोडिएको यो इलाका केएनयूको नियन्त्रणमा रहेको छ। 

जातीय विद्रोही समूहमा पछिल्लो समय दिनहुँ युवाको आकर्षण बढ्दैगएको छ। सरकारी सेनाको राजनीतिक ‘कू’ र नागरिकमाथिको ज्यादतीविरूद्ध उनीहरू विद्रोही मोर्चामा सामेल भएका हुन्।


म्यान्मारको सशस्त्र विद्रोही समूह ‘केआईए’मा गोर्खा बटालियन

सैन्य बर्बरता राेक्न 'आसियान सम्मेलन'ले जारी गर्‍याे ५ बुँदे सहमति 

'काठमाडौं' झैँ लाग्ने बर्माको 'मोगोक' उपत्यका [भिडियोसहित] 

‘कसरी फर्कौं बर्मा, जहाँ सैनिक शासकले बहिनी–ज्वाइँको हत्या गर्‍यो’

प्रकाशित मिति: : 2021-04-28 07:53:00

प्रतिकृया दिनुहोस्