बिएल संवाददाता
उर्लाबारी नगरपालिकाका मेयरले सार्वजनिक मञ्च प्रयोग गरी आफ्नो चरित्र हत्या गरेको भन्दै कांग्रेस नेताले आपत्ति जनाएका छन्।
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि प्रकाशचन्द्र थापाले पत्रकार सम्मेलन आयोजना गरी आफ्नो राजनीतिक र सामाजिक जीवन समाप्त पार्न मेयर खड्ग फागो सुनियोजित रुपमा लागि परेको आरोप लगाएका हुन्।
उर्लाबारी–३ निवासी थापाद्वारा वितरित विज्ञप्तिमा भनिएको छ– ‘लाञ्छना लगाउने मात्रै नभएर मेरो घर भत्काउन पटक/पटक ताकेता गर्ने गरिएको छ ।’
मेयर फागोले व्यक्तिगत रिसिइबी साँध्न थालेकोले आफू बाध्य भएर अदालतको ढोका ढक्ढकाउन पुगेको पनि थापाले बताए।
केही दिनअघि फागोले उर्लाबारी चौकमा स्थानीय व्यापारीले आयोजना गरेको कार्यक्रममा प्रकाशचन्द्र थापाको नाम तोकेरै आलोचना गरेका थिए।
फागोको भाषणबाट आफ्नो सामाजिक प्रतिष्ठामा आँच आएको भन्दै थापाले मंगलबार पत्रकार सम्मेलन आयोजना गरेका हुन्। आफू ‘मनि र मसल’को भरमा राजनीतिमा नआएको स्पष्ट पार्दै उनले भने, ‘बिरालोलाई ढोका थुनेर पिट्दा के हुन्छ ? म मेयरलाई स्मरण गराउन चाहन्छु।’
फागोले मेयर पदलाई शत्रु साँध्ने अस्त्र बनाएर सिंगो कांग्रेसको बदनाम गरेको पनि थापाको भनाइ छ। मेयर फागो मोरङ–१ का कांग्रेस क्षेत्रीय सभापति हुन् भने प्रकाशचन्द्र थापा मोरङ–१ प्रदेशतर्फ कांग्रेसका सभापति हुन्।
यस्तै, निर्माणाधिन सुनपकुवा–सीमसार सडक खण्डमा अवरोध पुर्याएको भन्दै आफूमाथि आरोप थोपारेर मेयर पानी माथिको ओभानो बनेको उनले बताए।
‘म वडाध्यक्ष हुँदा ट्याक खोलेको बाटो हो, मैले कहाँ अवरोध पुर्याए मेयरलाई पुष्टि गर्न चुनौती दिन्छु।’ विज्ञप्तिमा भनिएको छ, 'सार्वजनिक खपतका लागि जथाभावी बोल्ने कार्य दुःखदायी मात्र नभएर मेयर फागोको उद्दण्डताले हद नाघेको अवस्थापनि हो।’
आफू मात्रै नभइ फागोबाट सताइएका, पीडित बनेकाहरुको स्थानीयस्तरमा लामो सूची रहेको उल्लेख गर्दै थापाले भनेका छन्– 'नागरिकमाथि भौतिक रुपमै आक्रकण गर्नेसम्मका कार्यप्रति कोही बेखवर छैनन्। उर्लाबारीवासीका अभिभावकको भूमिकामा रहनुपर्ने व्यक्तिबाटै नागरिक त्रसित हुनुपर्ने वातावरणको अन्त्यमा जोड दिन्छु।'
पत्रकार सम्मेलनमा बोल्दै उर्लाबारी–५ का वडाध्यक्षसमेत रहेका नगरका प्रवक्ता भानुभक्त शर्मा पराजुलीले मेयर फागोको कार्यशैलीको आलोचना गरेका थिए।
‘नगरको कार्यपालिकाबाट निर्णय नभई कुनै पनि संरचना भत्काउन पाइदैन’ पराजुलीले भने–छानीछानी व्यक्तिका संरचना भत्काइने, नागरिकलाई हुलहुज्जत गर्ने कार्य मेयरसाबबाटै हुनु निन्दनीय छ।'
उर्लाबारी–३ का टंकनाथ दाहालले मेयरका कारण उर्लाबारीवासी हुँ भन्न पनि आफूलाई लाज लागेको बताए। कार्यक्रममा नेपाली कांग्रेस मोरङ जिल्ला सदस्य प्रकाश खड्गी, तरुण दल मोरङका सचिव सचिन शाक्य, नेविसंघ मोरङका पूर्व अध्यक्ष मुक्तिप्रकाश न्यौपाने, तरुण दल उर्लाबारीका सभापति नारायण सिटौलालगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया