ठट्टा होइन स्वास्थ्य

हिमाल खबर

काठमाडौं

शिक्षक विद्यार्थीको स्वास्थ्य प्रमुख कि विद्यार्थीको सिकाइ प्रमुख भन्ने नछुट्टिएसम्म स्वास्थ्यमा ठट्यौली भई नै रहने र शिक्षकले मार खाई नै रहनुपर्ने देखिएकाे छ।

गत १६ चैतमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चार दिनसम्म सम्पूर्ण शैक्षिक संस्थाहरू बिदा गर्ने निर्णय गर्‍यो। मन्त्रालयका प्रवक्ता दीपक शर्माले हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमा ‘वायुमण्डलमा देखापरेको अस्वाभाविक परिस्थितिको कारण विद्यार्थीको स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असरको गम्भीर अवस्था’ भनिएको थियो।

दिउँसो शिक्षण संस्था बिदा गर्ने निर्णय आयो मन्त्रालयबाट, साँझदेखि गुटुङटुङ आउन थाले पालिकाहरूका मिश्रित प्रतिक्रियाहरू। पालिकाहरूका निर्णय दुई खालका थिए। कोहीले मन्त्रालयको निर्णय सबैले मान्नुपर्ने भने, कोहीले आफ्नो पालिकामा बिदा गर्नु नपर्ने भन्दै मन्त्रालयको निर्णय विपरीत निर्णय गरे।

२ वैशाखमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य आपत्‌कालीन तथा विपद् व्यवस्थापन एकाइले अत्यन्त जरुरी अपील जारी गरी कोरोना अति प्रभावित १४ जिल्लाका विद्यालयहरूमा आफ्ना नानीहरू नपठाउन अभिभावकलाई निर्देशन गर्‍यो। मन्त्रालयको प्रकाशनमा ‘अपील’ भनिएको भए पनि ‘निर्देशन नै हो’ भनेर स्पष्टीकरण दिए स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले।
 

प्रकाशित मिति: : 2021-04-26 17:45:00

प्रतिकृया दिनुहोस्