त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका पूर्वनिर्धारित सबै परीक्षाहरु स्थगित गरेको छ।
हाल स्नातक र स्नातकोत्तर तहका विभिन्न परीक्षाहरु चलिरहेका थिए। तर कोभिड-१९ को दोस्रो लहर सुरु भएपछि विभिन्न ठाउँमा जारी भएका निषेधाज्ञाले परीक्षा सञ्चालनमा कठिनाइ भएको त्रिविले जनाएको छ।
आइतबार बसेको सिसिएमसीको बैठकले सबै परीक्षाहरू स्थगित गर्न निर्देशन दिएको थियो।
त्रिविले एक सुचना जारी गर्दै अर्को सूचना नआएसम्मका लागि हाल भइरहेका र हुुने परीक्षाहरु स्थगित गरेको हो।
सोमबार बसेको केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले वैशाख १४ गतेदेखिका सबै वार्षिक र सेमेस्टर परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको त्रिविले जनाएको छ।