कहाँ होलान् ती परिवार जो अस्थिपञ्जर बनेकालाई पर्खिरहेछन्?

पहिलोपोष्ट

काठमाडौँ

दिनभर शहरतिर टहलिएर साँझपख घर फर्कनु, दैनिकी थियो सिंहबहादुर लामाको। त्यसदिन भने रात छिप्पिँदा पनि घर आइपुगेनन्।

निरन्तर परकम्प भइरहेको थियो। एम्बुलेन्स चर्को आवाज निकालेर शहरको सन्नटा चिर्दै यता र उता दौडिरहेको थियो। रुवाबासी र भागम् भागले अत्याएको थियो सबैलाई।

हरेक कम्पनपछि चर्किरहेका भित्ता र खसिरहेका इँटाको त्रास उत्तिकै। उनलाई खोज्दै कहाँ जानु? अनि खोज्न हिँड्ने को?

भूकम्प लगत्तै सिंहबहादुर बेपत्ता भए। तर, छोरा उपेन्द्र सिंहबहादुरलाई खोज्न हिँड्न पाएनन्। किनकि उनी सशस्त्र प्रहरीका जवान।

संकटको समय भएकाले छुट्टी मिल्ने कुरै भएन। उनी खटिएका थिए, ड्युटीमा। गरिरहेका थिए, चेपिएका मानिसहरुको उद्धार।

प्रकाशित मिति: : 2021-04-25 18:11:00

प्रतिकृया दिनुहोस्