सम्पदा पुनर्निर्माण : ठेकेदारभन्दा उपभोक्ता समिति अब्बल

अनलाइनखबर

काठमाडौँ

२०७२ साल वैशाख १२ गते आजैको दिन विनाशकारी भूकम्प गयो।

गोरखाको वारपाक केन्द्रबिन्दु बनाएर गएको उक्त भूकम्पले ठूलो जनधनसँगै ८९१ साना एवं ठूला सम्पदाहरूमा पनि क्षति पुर्‍यायो। त्यसमध्ये दुईतिहाइ सम्पदाको पुनर्निर्माण अझै सम्पन्न भएको छैन।

कैयौं सम्पदा पुनर्निर्माण भए त कैयौं हुँदैछन्। निर्माण सम्पन्न हुनेमा पनि ठेकेदारले पुनर्निर्माण गरिरहेकाभन्दा उपभोक्ता समितिले निर्माण गरेका सम्पदा दुरुस्तै र चाँडो सम्पन्न भएका छन्। कतिपय सम्पदाको त अहिलेसम्म पनि पुनर्निर्माण शुरुआत समेत भएको छैन।

सरोकारवालाबीचको मतभेदले गर्दा काठमाडौंको जय बागेश्वरी, भक्तपुरको यक्षेश्वर र पाटनको देगुतलेजु मन्दिरको पुनर्निर्माण समयमै हुन सकेन। रानीपोखरीको विवाद जस्तै जयवागेश्वरी मन्दिरमा पनि ठेकेदारसँग विवाद भएपछि मन्दिर पुनर्निर्माणको काम अहिले रोकिएको छ।

प्रकाशित मिति: : 2021-04-25 13:38:00

प्रतिकृया दिनुहोस्