के पृथ्वीनारायण शाह इसाईप्रति द्वेष राख्थे?

हिमाल खबर

काठमाडौँ

विश्वविद्यालयबाहिरबाट ज्ञान उत्पादन गर्ने कार्यमा संलग्न गैरसरकारी संस्था मार्टिन चौतारीले प्राज्ञिक कार्यमा संलग्न अर्को गैरसरकारी संस्था संशोधन–मण्डलमा आबद्ध ऐतिहासिक महेशराज पन्तको किताब ‘नेपाली इतिहासको परिवेशः केही ऐतिहासिक र मसीजीवी’ हालसालै प्रकाशन गरेको छ।

किताबमा केही नेपाली मसीजीवी र नेपाली इतिहास लेखनमा काम गरेका अग्रणी ऐतिहासिकहरूको लेखकीय जीवनबारे चर्चा गरिएको छ।

किताबमा जम्मा २५ अध्याय छन्। अध्याय ९ मा छापिएको ‘लेवीलाई लाञ्छना ?’ र अध्याय २५ को ‘नेपालमा पुराविद्याको खोजी’ शीर्षकको लेखबाहेक हरेक अध्यायमा एकजना मसीजीवी वा ऐतिहासिकलाई केन्द्रमा राखी उसको लेखन जीवनबारे संक्षेपमा आलोचना गरिएको छ।
 

प्रकाशित मिति: : 2021-04-24 21:01:00

प्रतिकृया दिनुहोस्