वाग्मती प्रदेशको राजधानी हेटौँडामा सनराइज बैंक लिमिटेड हेटौँडा शाखाले तरकारी बजारमा मोबाइल फोनबाट सहज र सुरक्षित क्युआर कोड भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ।
वाग्मती प्रदेश राजधानी हेटौँडा बजारमा रहेको खोपेगल्ली तरकारी बजारमा मोबाइल फोनबाट सहज र सुरक्षित क्युआर कोड भुक्तानी सेवा सञ्चालनमा ल्याएको हो। क्युआर सेवा १० वटा तरकारी पसलमा शुरुआत गरिएको छ। यसको विस्तार खोपेगल्ली हुँदै हेटौँडा– १० स्थित सब्जीमण्डीमा पनि गरिने जनाइएको छ।
सो बैंकले नगद कारोवारकोे विकल्पमा आफ्नो मोबाइल एपमार्फत क्युआर भुक्तानी गर्न सकिने डिजिटल प्रविधिलाई प्रवद्र्धन गर्दै आइरहेको शाखा प्रबन्धक सुदर्शन खतिवडाले जानकारी दिए।
यस क्युआर प्रणालीअन्तर्गतको भुक्तानीमा नगद बोक्नु नपर्ने, नगद हराउने/चोरी हुने सम्भावना नरहने, आफ्नो बैंक खाताबाट सिधै भुक्तानी गर्न मिल्ने जस्ता फाइदा रहेको उनको दाबी छ।
कोरोना महामारीको अवस्थामा यस्तो सेवा झन प्रभावकारी रहने उपभोक्ताले प्रतिक्रिया दिएका छन्। हेटौँडा बजारलाई डिजिटल प्रणालीमा लैजान क्युआर सेवा राम्रो रहने हुँदा सबै व्यवसाय क्षेत्रमा यसको विस्तार गर्न आग्रह गरिएको छ।
पहिलो चरणको कोरोना कहरमा खोपेगल्ली दुवै सडक सञ्जालमा सिल गरेको अवस्था थियो। त्यस्तो अवस्था नआउनका लागि सुरक्षित रहन डिजिटल बैंकिङ सेवा लिन र दिन सबैलाई अनुरोध गरिएको छ।