पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल राज्यलक्ष्मी शाह दिउँसो १ बजे नर्भिक अस्पताल भर्ना भएका छन्।
कोरोना संक्रमणका कारण ‘होम आइसोलेसन’ मा बसेका पूर्वराजा ज्ञानेन्द्र तथा पत्नी कोमलसहित छोरी पूर्वअधिराजकुमारी प्रेरणा शाह पनि नर्भिक अस्पताल भर्ना भएको दरबार श्रोतले बतायो।
पूर्वराजा तथा पत्नी कोमललाई यसअघि कोरोनाको सामान्य लक्षण देखिएको थियो। दरबार श्रोतका अनुसार सावधानी अपनाउन पूर्वराजपरिवार अस्पताल भर्ना भएको हो।
पूर्व राजदम्पती दिउँसो थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएको पूर्वराजाका संवाद सचिव फणि पाठकले पनि पुष्टि गरेका छन्।
पूर्व राजदम्पतीलाई ७ बैशाखमा कोरोना संक्रमण पुष्टि भएको थियो। भारतको उत्तराखण्डस्थित हरिद्धारमा कुम्भमेलामा शाहीस्नान गरेर फर्किएका पूर्व राजदम्पतीलाई कोरोना भएको थियो।