यो विपतमा हाम्रा प्रधानमन्त्रीले के गर्नुपर्थ्यो ? के गर्दै छन् ?

मेडिकल डाक्टरहरूको छाता संगठन नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की देशका प्रधानमन्त्रीदेखि मन्त्री र नेताहरूले जनस्वास्थ्यमाथि गम्भीर खेलबाड गरेको गुनासो गर्छन्।

हालै बेलायती महारानीका श्रीमान्को निधनको प्रसंग स्मरण गर्दै उनी भन्छन्, ‘अन्तिम संस्कारमा ३० जना मात्रै सहभागी भए। श्रद्धाञ्जली दिन प्रधानमन्त्रीसमेत जान पाएनन्। बेलायतमा लकडाउन वा स्वास्थ्य मापदण्डको पालना नगर्दा सरकारी सेवाबाट समेत हटाइएका धेरै उदाहरण छन्। कतिपयलाई जरिवाना गरिएको छ।’

तर, नेपालमा भने स्वास्थ्य मापदण्डमाथि खेलबाड गरिएको बताउँछन्। ‘सरकारले रेडियो–टेलिभिजनमा ठूलो रकम खर्च गरेर हात धुनुपर्छ, दुई मिटरको दूरी कायम गर्नुपर्छ, २५ जनाभन्दा बढी जम्मा नहुनुहोला भनेर सन्देश दिने, तर नेताहरूले भने हुलका हुल मान्छे जम्मा गर्ने ? यो चरम लापरबाही हो,’ डा. कार्की भन्छन्। 

प्रकाशित मिति: : 2021-04-24 06:16:00

प्रतिकृया दिनुहोस्