बिएल संवाददाता
मानिसका लागि निन्द्रा सबै भन्दा प्यारो चिज हो। त्यस्तै बढ्दै गरेका बच्चामा पर्याप्त निद्राले स्मरण शक्ति र संज्ञानात्मक क्षमतालाई बढावा दिनुका साथै दिनभरि ऊर्जा प्रदान गर्छ।
जसले उनीहरूलाई हरेक समय थकित महसुस भइरहन दिँदैन। स्वास्थ्य र पोषक तत्वले भरिएको खानाले बच्चाहरूलाई राम्रो र मिठो निद्रा प्रदान गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने हुन्छ। त्यसैले आज हामी चर्चा गर्ने छौं, निन्द्रा दिनका लागि बच्चालाई दिनुपर्ने खानेकुरा बारे।
माछामा हुने ओमेगा ३ फ्याट्टी एसिडले बच्चाको निन्द्राको समय र गुणस्तरमा सुधार ल्याउन मद्दत गर्छ।
ओट्समा म्याग्नेसियम, फाइबर, पोटासियम, भिटामिन बि ६ र एमिनो एसिड हुन्छ, जसले बच्चाको निदाउने तालिकालाई नियमित गर्छ।
हरियो सागपातमा प्रशस्त मात्रामा म्याग्नेसियम र फाइबर हुन्छ, जसले बच्चाको स्नायुलाई शान्त र रिल्याक्स फिल गराउँछ।
सुठुनीमा प्रशस्त मात्रामा स्वस्थ कार्वोहाइड्रेट हुन्छ जसले सेरोटोनिको उत्पादनमा सहयोग पुर्याउँछ । जसले निन्द्राको गुणस्तरमा सुधार ल्याउन मद्दत गर्छ।
दूधमा हुने ट्रिप्टोफ्यान नामक एमिनो एसिडले निदाउन सहयोग पुर्याउने गर्छ। यसका साथै दूधले बच्चाको हड्डीलाई स्वस्थ राख्न मद्दत गर्छ।
केरामा पोटासियम, म्याग्नेसियम, भिटामिन बि ६ र प्राकृतिक कार्वोहाटइड्रेट हुन्छ, जसले बच्चालाई राम्रो निद्रा प्रदान गराउन सक्छ।
प्रोटिनले भरिएको ओखरमा पनि ट्रिप्टोफ्यान हुन्छ जसले निदाउन सहयोग पुर्याउने गर्छ। यसले बच्चामा मात्र नभइ युवामा पनि राम्रो निद्रा प्रदान गर्न सक्छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया