के ओली साँच्चिकै चुनाव चाहन्छन् ?

अनलाइनखबर

काठमाडौँ

१० वैशाख, काठमाडौं । वैशाख ६ गते बसेको नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको पहिलो बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा प्रधानमन्त्री केपी ओलीले ‘पार्टीको ध्यान नयाँ निर्वाचनको तयारीमा केन्द्रित हुनुपर्ने’ उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘परिवर्तित सन्दर्भमा अब हाम्रो ध्यान मूलतः तीनवटा विषयमा केन्द्रित हुनुपर्छ– पार्टीको सुदृढीकरण तथा शुद्धीकरण, समृद्धिको अभियान र नयाँ निर्वाचनको तयारी ।’ 

ओलीले मुलुकको तरल राजनीतिका कारण छिटो निर्वाचनमा जानुपर्ने सम्भावना पनि बढ्दै गएको र त्यसका लागि पार्टी पंक्तिलाई हमेशा तयारी अवस्थामा राख्नुपर्ने उल्लेख गरेका छन् ।

ओलीले ५ पुसमा प्रतिनिधिसभा भंग गरी निर्वाचनमा जाने निर्णय गरेयता उनको पार्टीमा थुप्रै परिवर्तन आएको छ । सर्वोच्च अदालतको फैसलापछि यसबीचमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई टुक्रा भएर नेकपा एमाले र माओवादी केन्द्र भइसकेको छ ।

प्रकाशित मिति: : 2021-04-23 08:31:00

प्रतिकृया दिनुहोस्