वीर अस्पतालका सफाइ कर्मचारी भन्छन्ः सुत्केरी बिदा लिँदा जागिरै जाने डर हुन्छ

सेतोपाटी

काठमाडौं

वीर अस्पतालमा सरसफाइको काम गर्दै आएकी सुनिता कार्कीले गत फागुनमा कोरोनाको पहिलो डोज खोप लगाइन्। खोप लगाएपछि उनलाई एलर्जी भयो, काममा आउन सकिनन्।

उनले बिदा भने पाइनन्।

'बिदाको कुरा गर्दा सुपरभाइजरले नपाइने भन्नुभयो। काममा आउनसक्ने अवस्थै थिएन,' सुनिताले सेतोपाटीसँग भनिन्, 'शनिबार र अन्य सार्वजनिक बिदामा काम गर्ने भनेर बल्ल तीन दिन बिदा मिल्यो।'

वीरकै सफाइ कर्मचारी सरिता दुलाल पनि केही समयअगाडि सुत्केरी भएर बिदा बसेकी थिइन्। तर बिदाकै कारण जागिरै जानेसम्मको अवस्था आएको उनी बताउँछिन्, 'सुत्केरी भएर बिदा बस्दा झन्डै जागिरै गयो। गुनासो गर्दागर्दा बल्लबल्ल पाइयो।'

प्रकाशित मिति: : 2021-04-22 18:36:00

प्रतिकृया दिनुहोस्