प्रदेश २ मा अपराधका घटना : तथ्यांकमा तलमाथि, सुध्रेन अवस्था

अनलाइनखबर

काठमाडौं

सिरहाको लहान नगरपालिका–२३ स्थित वडाध्यक्ष कन्हैयाप्रसाद गुप्ताको घरमा कोठा भाडामा लिई सुनचाँदी व्यवसाय गर्दै आएका प्रदीप मिझारको २८ चैतको राति हत्या भयो।

१ बजे राति लुटपाट गर्न आएको समूहले धारिलो हतियार र गोली हानेर ४५ वर्षीय मिझारको ज्यान लिए। घटनामा उनकी पत्नी ३५ वर्षीया अनिता कुमारी दुलाल घाइते भइन्। उनको दाहिने हातमा खुकुरी प्रहार हुँदा गहिरो चोट लाग्यो।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले लहान नगरपालिका–७ बस्ने २६ वर्षीय रामकृष्ण चौधरी र लहान–२३ गढिया बस्ने २९ वर्षीय सूर्य सहनीलाई पक्राउ गर्‍यो।

महोत्तरीको पिपरा गाउँपालिका–५ सहोडबाका मुसाफिर झा र उनकी पत्नी गीतादेवी झा १० फागुनको रातिदेखि बेपत्ता भए।

१२ चैतमा दुवै जनाको शव खाल्डोमा पुरिएको अवस्थामा पिपरा गाउँपालिका–२ स्थित बाटो छेउमा फेला पर्‍यो। झा दम्पतीको हत्या आरोपमा प्रहरीले तीन जना आफन्तसहित सात जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहे पनि हत्याको कारण भने स्पष्ट भएको छैन।

प्रकाशित मिति: : 2021-04-22 16:17:00

प्रतिकृया दिनुहोस्