पहिलोपोष्ट
काठमाडौँ : 'तपाइको जमिनभित्र सुन छ। म निकाल्दिन्छु।' गत पुस महिनाको अन्तिमतिर दिनेश मण्डल कल्पना साह (नाम परिवर्तन) घरमा पुग्छन्। धामी झाँक्रीको पनि काम गर्ने गर्थे उनी। आफ्नो जमिनमा सुन भएको र निकाल्दिन्छु भनेको सुनेपछि कसलाई लोभ नलाग्ला र!
कल्पनाको परिवारलाई पनि त्यही लोभ लाग्यो। उनीहरूले सुन निकाल्न झाँक्रीको रूपमा दिनेशलाई लगाउने भए। दिनेशले पनि झाँक्रीबाट सुन निकाल्ने तयारी गरे। मन्त्र तन्त्र गरे। नभन्दै जमिनबाट सुन निकाले। सुन झन्डै आधा तोला बराबर थियो।
कल्पनाको परिवार दिनेशको झाँक्री विद्याबाट प्रभावित भए। नहोस् पनि कसरी जमिनबाट हजारौँ रुपैयाँ पर्ने सुन निकालेका थिए। जमिनमा धेरै सुन भएको तर भारतबाट केही जल ल्याएर थप सुन निकाल्न सक्ने बताए। जल घरको विवाह नभएको युवतीबाट ल्याउने सुझाव समेत दिए। २५ वर्षीय कल्पना अविहित थिइन्। उनलाई नै जल ल्याउन भारत ल्यौजाने तयारी गरे। झाँक्री र कल्पनाको परिवार पनि तयार भयो।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया