खनाल–नेपाल सशंकित : ओलीले कुनै पनि बेला कारबाही गर्न सक्छन् !

बाह्रखरी

काठमाडाैं

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता झलनाथ खनाल र नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफुहरुलाई जुनसुकै बेला दल त्यागको आरोपमा कारबाही गर्न सक्ने आशंका व्यक्त गरेका छन् ।  

‘किन कारवाही नगर्ने ?’ भन्दै ओलीले स्पष्टीकरण सोधेपछि खनाल र नेपाल सशंकित देखिएका हुन् ।

बुधबार सर्वोच्चमा पेश भए पनि अध्ययनका क्रममा रहेकाले दर्ता हुन बाँकी रहेको रिटमा दल त्याग गरेको भनी कारवाही गर्न सक्ने पूर्ण आंशका व्यक्त गरेका छन् । 

ओली-नेपालबीच होटल मेरियटमा भेटवार्ता

“उल्लेखित अनधिकृत निणर्यका आधारमा गरिएको कारबाहीलाई आधार मानि निवेदकहरुलाई प्रत्यर्थी पार्टी अध्यक्षले कुनै पनि बखत राजनीतिक दल सम्बन्धी ऐन, २०७३ वमोजिम दल त्याग गरेको भनी कारवाही गर्नसक्ने पूर्ण आंशका भएकोले त्यस्तो कार्य प्रतिषोधको आदेशद्वारा तत्काल रोक्नु भन्ने आदेश समेत जारी गरिपाउँ,” निवेदनमा भनिएको छ ।

वैशाख ६ गते नेता नेपालसहित प्रतिनिधिसभाका २७ र प्रदेशसभाका ५ गरि ३२ सांसदलाई स्पष्टीकरण सोधिएको छ । 

प्रकाशित मिति: : 2021-04-21 19:38:00

प्रतिकृया दिनुहोस्