टर्कीमा करीब ३० हजारमा बेचिएकी छोरी र अलपत्र पारिएकी आमाको कथा

लोकान्तर

काठमाडौं

काठमाडौंकी बबिता (नाम परिर्वतन)ले २३ वर्षअगाडि काठमाडौंको नयाँ बसपार्क परिसरमा गार्डेन रेस्टुरेन्ट सञ्चालन गर्दै आएका विकास (नाम परिर्वतन)सँग प्रेम विवाह गरेकी थिइन्।

विकास विवाहित पुरुष थिए। उनकी जेठी श्रीमतीले अर्कैसँग विवाह गरेपछि विकासले बबितालाई भित्र्याएका थिए। जेठी श्रीमतीतर्फबाट विकासकी एक छोरी पनि थिइन्।

विवाहको २३ वर्षको दौरानमा बबिताबाट ३ सन्तान भए। उनीहरूको घरपरिवार राम्रैसँग चलिरहेको थियो। 

व्यापार राम्रै भएकाले उनीहरूले काठमाडौंको बूढानीलकण्ठमा जग्गा पनि जोडेका थिए।

त्यसपछि काठमाडौं महानगरपालिकाले बसपार्कभित्रका पसलहरू हटाउने क्रममा उनीहरूको रेष्टुरेन्ट पनि हट्यो।

रेष्टुरेन्ट हटेपछि बबिताले बूढानीलकण्ठमा कपडाको फेन्सी पसल चलाउन थालिन् भने विकासले नयाँ बसपार्कमा नयाँ बन्न लागेको भवनमा काम गर्न थाले। 

प्रकाशित मिति: : 2021-04-21 15:06:00

प्रतिकृया दिनुहोस्