लुम्बिनीको राजनीति : मुख्यमन्त्री पोखरेल यसरी पुगे ‘सेफ जोन’मा !

प्रदेश सभामा बहुमतका लागि निर्णायक (६ सांसद रहेको) जनता समाजवादी पार्टीका ४ सांसदलाई मन्त्री बनाएर लुम्बिनी प्रदेश सरकार तत्कालका लागि सुरक्षित बनेको छ। 

मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्तावमा  हस्ताक्षर गरेका ३ सहित जसपाका ४ सांसद सोमवार मन्त्री बनेका हुन्।

जसपा संसदीय दलका नेता कपिलवस्तुका सहस्रराम यादव र पाल्पाकी समानुपातिक सांसद पुर्मती ढेगा सरकारबाहिर छन्। 

सन्तोष पाण्डेय भौतिक पूर्वाधार, विजयबहादुर यादव भूमि व्यवस्था कृषि तथा सहकारी, कल्पना पाण्डे सामाजिक विकास तथा शिक्षा र सुमन शर्मा रायमाझी भौतिक पूर्वाधार राज्यमन्त्री बनेका छन्।

२०७४ फागुन ३ गते मन्त्रिपरिषद् गठन गरेका पोखरेलले अहिले आएर सरकार बलियो बनाउन जसपालाई भित्र्याएर मन्त्रिपरिषद् हेरफेर र विस्तार गरेका हुन्।

प्रकाशित मिति: : 2021-04-20 15:02:00

प्रतिकृया दिनुहोस्