सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गराउने विभागको योजना, कति लाग्छ शुल्क?

सेतोपाटी

काठमाडौं

झन्डै ४ वर्षअघि सवारी साधन ट्र्याकिङ र सुरक्षाका लागि भन्दै सरकारले इम्बोस्ड नम्बर प्लेट प्रणाली सुरू गरेको थियो।

पाँच वर्षभित्र २५ लाख सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने योजना बन्यो। तर यातायात व्यवस्था विभाग अहिलेसम्म लक्षित संख्याको एक छेउ पनि पुगेको छैन।

चार वर्ष अवधिमा जम्मा ११ हजार सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान भएको विभागले जनाएको छ।

२०७३ जेठ १७ गते नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग र डेकाटुर टाइगर कम्पनीबीच पाँच वर्षभित्र २५ लाख इम्बोस्ड नम्बर प्लेट बनाएर नेपाल सरकारलाई हस्तान्तरण गर्ने सम्झौता भएको थियो।

प्रकाशित मिति: : 2021-04-20 12:51:00

प्रतिकृया दिनुहोस्