अफगानिस्तानमा दश लडाकू मारिए

[File Photo: AP]

अफगानिस्तानमा भएका विभिन्न सुरक्षा कारबाहीमा परी दश लडाकू मारिएका छन्।

देशको पश्चिमी, पूर्वी र दक्षिणी क्षेत्रमा गत २४ घण्टामा भएका कारबाहीमा परी उनीहरुको मृत्यु भएको अधिकारीले जनाएका छन्।

अफगानिस्तानको पूर्वीभागमा रहको घाज्नी प्रान्तमा बुधबार बिहान २ जना मारिएका छन् भने अरु छ जना घाइते भएका प्रान्तीय सरकारका प्रवक्ता अरेफ नुरीले जानकारी दिए। उनका अनुसार सो घटनामा परी सुरक्षाकर्मीतर्फ भने दुई जना घाइते भएका छन्।

त्यसैगरी विषेश सुरक्षा इकाइले तालिवान लडाकू विरुद्ध घोर प्रान्तको डावलात यार जिल्लाको समाक जिल्लामा पनि सुरक्षा कारबाही चलाएको छ। कान्दाहार प्रान्तमा भएको सुरक्षा कारबाहीमा परी ८ जना लडाकू मारिएका सुरक्षा स्रोतले जानकारी दिएको छ।

कान्दाहार प्रान्तको शाह वालीकोट जिल्लामा भएको कारबाहीमा ती लडाकू मारिएका सैन्य अधिकारीद्वारा आइतबार जारी वक्तव्यमा जनाइएको छ। जारी वक्तव्यमा लडाकू विरुद्वको खोजी तथा कारबाही अभियान जारी रहेको र केही लडाकू घाइते भएका थप जानकारी दिइएको छ।

सुरक्षाकर्मीतर्फ भएको क्षतिका बारेमा भने वक्तव्यमा केही पनि उल्लेख गरिएको छैन। कान्दहर प्रान्तमा तालिबान लडाकू सक्रिय रहेका छन् तर उनीहरुका तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया भने नआएको समाचारमा जनाइएको छ। सिन्ह्वा



लुम्बिनीका मुख्यमन्त्रीविरुद्ध माओवादी अविश्वास प्रस्ताव सुरुमै असफल 

‘कसरी फर्कौं बर्मा, जहाँ सैनिक शासकले बहिनी–ज्वाइँको हत्या गर्‍यो’

प्रकाशित मिति: : 2021-04-19 16:12:00

प्रतिकृया दिनुहोस्