बिएल संवाददाता
इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले सानदार जित हात पारेको छ। दिल्लीले पन्जाब किंग्सलाई ६ विकेटले पराजित गर्दै जित निकालेको हो।
दिल्लीले पन्जाबले दिएको १ सय ९६ रनको लक्ष्य १८.२ बलमा ४ विकेट गुमाएर पुरा गर्यो।
दिल्लीको जितमा शिखर धवनले सर्वाधिक ९२ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ४९ बलमा १३ चौका र २ चक्का प्रहार गरे। मार्कस स्टोइनिसले २७, पृथ्वी शाले ३२ तथा कप्तान ॠषभ पन्तले १५ रन बनाए।
पन्जाबका झेय रिचर्ड्सनले २ विकेट लिए
अर्शदीप सिंह र रायली मेरेडीथ एक–एक विकेट लिए।
यसअघि टस हारेर ब्याटिङ थालेको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९५ रन बनायो।
पन्जाबकालागि मयंक अग्रवालले ६९ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ३६ बलमा ७ चौका र ४ छक्कासहित सर्वाधिक ६९ रन प्रहार गरे।
कप्तान लोकेश राहुलले ५१ बलमा ७ चौका र २ छक्का सहित ६१ रन बनाए।
दिपक हुडाले २२, शाहरुख खानले १५ र क्रीस गेलले ११ रन बनाए।
दिल्लीका लुकमन मेरीवाला, कगिसो रवाडा, आवेश खान र क्रिस वोक्सले समान एक–एक विकेट लिए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया