टेक्सासमा अन्धाधुन्ध गोली प्रहार, तीन जनाको मृत्यु

File Photo
File Photo

अमेरिकाको टेक्सासमा अन्धाधुन्ध गोली प्रहार हुँदा तीन जनाको मृत्यु भएको छ।

व्यापार सेन्टरमा घरेलु विवादपछि गोली प्रहार भएको अस्टिन प्रहरी विभागले जनाएको छ। 

घटना स्थलमा प्रहरी पुगेपछि उक्त क्षेत्र शान्त रहेको प्रहरीको भनाई छ।

सन् २०१९ मा मात्र अमेरिकामा सशस्त्र हिंसाका कारण १५ हजारभन्दा बढीले ज्यान गुमाउनु परेको थियो। अमेरिकामा सन् २०२१ को जनवरीयता मात्र सामूहिक गोली प्रहारका १३२ घटना भएका छन्।



अमेरिकामा अन्धाधुन्ध गोली प्रहारका पाँच घटना 

१. भर्जिनिया तटको गोली प्रहार

अमेरिकाको तटीय राज्य भर्जिनियाको समुद्री तटमा भएका दुई भिन्न अन्दाधुन्द गोली प्रहारमा परी गत महिना मात्र २ जनाले ज्यान गुमाए। प्रहरीका रिपोर्टका अनुसार, दुई जनाले ज्यान गुमाए। अनि अरु आठ जना गम्भीर घाइते भएका थिए।

२. क्यालिफोर्नियामा नाबालकमाथि हमला

क्यालिफोर्नियाको लिङ्कन एभिन्यूस्थित  एक कार्यालय भवनमा एक जनापुरुषले अन्धाधुन्दा गोली चलाउँदा एक जना बालकसहित चार जनाको ज्यान गयो। त्यहाँका गभर्नर गविन न्युसमले यो घटना हृदयविदारक भएको भन्दै ट्वीट गरेका थिए।

३. मजूरीको स्टोरमा अन्धाधुन्ध गोली प्रहार

मजूरी-आर्कान्सास बोर्डस्थित एक दैनिक उपभोग्य सामग्र पसलमा भएको गोलीबारीमा परी एक जनाले ज्यान गुमाएका थिए भने अन्य तीन जना घाइते भए। अपराधमा संलग्नलाई प्रहरीले तत्काल पक्राउ गरेको थियो।

४. टेनेसीको विद्यालयमा गोली प्रहार

संभावित 'स्कूल शुटर'को जानकारी पाएपश्चात् प्रहरीले एक शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको थियो। ती व्यक्तिबाट प्रहरीले केही राउन्ड गोली फायर भएको पेस्तोल समेत बरामद गरेको थियो।

प्रहरी र हतियारधारी बीच भएको दोहोरो भीडन्तमा परी एक जवान घाइते भएका थिए भने नक्सवील अवस्थित उक्त अस्टिन‍-ईस्ट म्यागनेट हाइस्कूलका ३ विद्यार्थीले विद्यालय हाताबाहिर गोली लागी ज्यान गुमाएका थिए।

५. फेडेक्सको कार्यालयमा भएको गोली प्रहार

अमेरिकी कुरियर सेवा प्रदायक कम्पनी- फेडेक्सको इन्डोयानापोलिसमा रहेको कार्यालयमा गत बिहीबार मात्र गोलीबारी भएको थियो। कति मानिसलाई गोली लाग्यो भन्ने तथ्य अहिलेसम्म एकीन नभएको प्रहरीले बताएको छ।

हवाईअड्डानजिकै केही शव र घाइतेहरु फेला परेका छन्।


अमेरिकाले लगायो रुसमाथि प्रतिबन्ध

अमेरिकाद्वारा १० रूसी कूटनीतिज्ञलाई देश छोड्न निर्देशन

रुस र यूक्रेनबीचको सैन्य विवादमा अमेरिकाको 'कालो हात' भएको चीनको आरोप 

प्रकाशित मिति: : 2021-04-19 08:32:00

प्रतिकृया दिनुहोस्