संसदपछि अब प्रधानमन्त्रीको निसाना सभामुख

आयोमेल

काठमाडाैं

सृजना घिमिरे 

फागनु ११ गते सर्वोच्च अदालतले गरेको ऐतिहासिक फैसालासँगै पुनःस्थापित प्रतिनिधि सभाले सोचेअनुरुप काम गर्न सकिरहेको छैन। 

र, यो सबै हुनुमा प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटालाई नै कारक ठानेका छन्। 

फागुन २३ गते हिउँदे अधिवेशन सुरु भएदेखि नै सभामुखमाथि हमला गर्न सुरु गरेका प्रधानमन्त्री ओलीले शनिबार सर्वदलीय बैठकमा समेत अधिकांश समय सभामुख सापकोटामाथि नै खनिए। 

यतिसम्म कि उनले एमसीसी सम्झौता अगाडि बढाउने सम्बन्धमा सबैभन्दा ठूलो बाधक नै सभामुख रहेको र अब कुनै पनि हालतमा अगाडि बढाउनुपर्ने बताएका थिए।

तजविज अधिकार प्रयोग गरेर एमसीसी अघि बढ्न नदिएको र सापकोटा असंवैधानिक र अराजनीतिक ढंगले अघि बढ्न खोजेको भन्दै उनले बैशाख ७ गतेको बैठकमा पनि एमसीसी अगाडि नबढे विकल्प खोजिने संकेत गरेका थिए। 

अर्थात् पार्टीभित्रको विवादलाई लिएर संसदमाथि नै प्रहार गरेका प्रधानमन्त्रीले अहिले एमसीसीलाई आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् र उनी अब संसद पछि सभामुखमाथि हमला गर्ने यत्नमा छन्। 

‘सर्वदलीय बैठकमा प्रधानमन्त्रीले एमसीसी अगाडि नबढे सभामुखलाई हटाउने जस्तो ढंगले कुरा गर्नुभएको छ। विकल्प खोज्ने भन्नुको मतलव त्यही पनि होला,’ बैठकमा सहभागी एक नेताले आयोमेलसँग भने। 

प्रकाशित मिति: : 2021-04-18 21:44:00

प्रतिकृया दिनुहोस्