मनोरञ्जनका लागि ‘योयो जीप लाइन’ (तस्बिरसहित)

शनि शाक्य

काठमाडौं

नेपालभर हाल सात वटा ‘जीप लाइन’ छन्। जसमध्येकोे एक हो– ‘योयो जीप लाइन’। जुन भक्तपरको सूूर्य विनायक गुन्द्रुु वडा नम्बर—७ घ्याम्पे डाडाँमा अवस्थित छ। जहाँ दैनिक सयौँको संख्यामा भिड लाग्ने गर्छ।

सन् २०२० मा सुुरू भएको ‘योयो जीप लाइन’ मनोरञ्जनका लागि बनाइएको अप्रेशन म्यानेजर श्री राम थापा बताउँछन्।

‘यसका लागि मानिस टाढा जाने गर्छन् तर हामीले सहजताका लागि नजिकै बनाएका हौँ’, उनले भने। यहाँ घुम्न आउनेहरूले समेत जीप लाइनबारे राम्रो प्रतिक्रिया दिने गरेको उनले बताए।

मानिसको रमाइलोका निम्ति विभिन्न लङग जीप लाइन, सर्ट जीप लाइन, स्काइ साइकिलिङ राखिएको उनको भनाइ छ। उक्त जीप लाइन सुरक्षापूर्ण रहेको बताउँदै उनी भन्छन्, ‘प्रत्येक तीन महिनामा त्यसको सेफ्टीको जाँच गरिन्छ।’

जीप लाइन मात्र नभइ रेष्टुरेन्ट र बारको समेत व्यवस्था रहेको उनी बताउँछन्। रेष्टुरेन्टमा आउने ग्राहकका निम्ति विभिन्न सुविधा रहेको उनले बताए।

‘पिकनिकको पनि व्यवस्था मिलाएका छौँ’, उनले बिएल नेपाली सेवासगँ भने। आफू कहाँ आएका ग्राहकहरूलाई खुशी बनाउनु नै पहिले उदेश्य रहेको उनले सुनाए।

‘हामी कहाँ आउनु भएका ग्राहक कोही पनि निराश भएर फर्कनु भएको छैन।’ आउँदो दिनहरूमा पनि ग्राहकका मनोरञ्जनमा ध्यान दिने उनी बताउँछन्। 

प्रकाशित मिति: : 2021-04-18 11:09:00

प्रतिकृया दिनुहोस्