पाँच साहित्यकारलाई कालीगण्डकी सम्मान

चितवनको कालीगण्डकी साहित्य परिषद्ले पाँच साहित्यकारलाई सम्मानित गरेको छ।

जिल्लामा लामो समय क्रियाशील साहित्यकारलाई परिषद्ले सम्मान गरेको हो। सम्मानित हुनेमा गोविन्दराज विनोदी, रामबाबु घिमिरे, ऋषिप्रसाद लामिछाने ‘गोर्खे साइँलो’, धनराज गिरी र यमुना न्यौपाने अधिकारी रहेका छन्।

साहित्यकार केशवराज आमोदीले पाँच साहित्यकारलाई दोसल्ला र सम्मानपत्रसहित सम्मानित गरे। कार्यक्रममा स्रष्टाहरुले आ–आफ्नो रचना वाचन गरेका थिए।

विसं २०६१ मा स्थापना भएको परिषद्ले विभिन्न साहित्यिक पुस्तकहरु प्रकाशन गर्दै आइरहेको संस्थाका उपसभापति रुविन पौडेल ‘सिर्जनयात्री’ले जानकारी दिए।

कार्यक्रममा साहित्यकार पुष्प अधिकारी अञ्जली, लकास पौडेल, तिलकराज शर्मा लगायतको उपस्थिति रहेको थियो। 

प्रकाशित मिति: : 2021-04-18 08:31:00

प्रतिकृया दिनुहोस्