गीतसंगीत सुखदुःखको साथी हो। गीत संगीतलाई ध्वनि र सुरको संयोजनबाट निर्मित अलग्गै भाषा पनि भन्ने गरिन्छ।
नेपालमा धेरै रुचाइने नेपाली लोकदोहोरी गीतले मानिसको जीवनलाई वास्तविकता आभास गराउँछन्। पछिल्लो समय समाजमा भएको यथार्थतालाई भावनामा समेटेर गाइएका गीत श्रोता र दर्शकको रोजाइँमा पर्न थालेका छन्।
कसैको पीडा र वास्तविकता समेटेर गीत सुन्दा/हेर्दा मानिसले आँसु समेत थाम्न नसकिने हुन्छ। समाजमा रहेको यथार्थतालाई टपक्कै टिपेर गाउने गायक हुन् बसन्त लम्साल।
पछिल्लो समय मोफसलमा लोकदोहोरी गीतमा जमेर वास्तविक समाजको यथार्थतालाई लम्सालले गीतमा उतार्ने गर्छन्।