चीनले लद्दाखमा तैनाथ गर्‍याे ‘एचक्यू-९ एयर’

Photo: Digitalhaya
Photo: Digitalhaya

चीन र भारतको विवादित सीमाक्षेत्र लद्दाखमा सैन्य तानातानी पुनः सतहमा आएको छ। 

दुई देशबीच जारी तनाव समाधान गर्न एक वर्षदेखि सम्झौताको प्रयास थालिएपनि उपलब्धी सून्य छ।

पछिल्लोपल्ट चिनियाँ र भारतीय कमाण्डर तहको बैठकमा सीमा विवादबारे सकारात्मक छलफल भएको बताएपनि कुनै ठोस सहमति हुन सकेको छैन।

पूर्वी लद्दाखको गोगरा, हाइट्स, हाँट स्प्रिंग्स, डेपसाग र डेमचोकबाट चिनियाँ सेना पछाडी नहटेपछि तनाव उस्तै छ। 



चीनको सरकारी दमनबाट गुज्रिरहेका उइगुरहरुको उत्थानको लागि विधेयक



इन्डिया टुडेको एक रिपोर्टका अनुसार चीनले यस क्षेत्रमा लामो दुरीसम्म गोलावारी गर्ने ‘एचक्यू–९ एयर’ डिफेन्स सिस्टम तैनाथ गरेको बताइएको छ।

सीमा क्षेत्रमा तैनाथ गरिएको मिसाइलले भारतीय लडाकू विमान र सिमानामा निगरानी गर्ने ड्रोनका लागि खतरा निम्त्याउन सक्छ। एचक्यू–९ डिफेन्स सिस्टम बाहेक चीनले ‘एचक्यू–२२ एयर’ डिफेन्स सिस्टमको समेत प्रयोग गरेको छ।

सैन्य वार्तामा भारतीय पक्षले आफ्ना सेना फिर्ता लिन चीनलाई बारम्बार आग्रह गरिरहेकाे छ। तर चीनले कुनै सकारात्मक कदम नचालेपछि भारतले पनि सैन्य रणनीतिलाई तीव्र बनाएको छ। 



रुस र यूक्रेनबीचको सैन्य विवादमा अमेरिकाको 'कालो हात' भएको चीनको आरोप 



सीमाक्षेत्रमा पछिल्लो समय हजारौं सेना तैनाथ गरिएको भारतीय सेनाको दाबी छ।

विवादित इलाकामा दुबै देशका सेना एक किलोमिटरको फरकमा छन्। 

प्रकाशित मिति: : 2021-04-16 07:59:00

प्रतिकृया दिनुहोस्