विद्यालयहरूमा पस्यो कोरोना, अभिभावकले बालबालिकालाई पठाउन छोडे विद्यालय

शिलापत्र

काठमाडाैं

दिनेश गौतम

छोरो स्कुलबाट नफर्किएसम्म काठमाडौं गौरीघाटकी नविना काफ्लेको मन छटपटिइरहन्छ । गौरीघाटको विश्व शिक्षा सदन स्कुलमा उनका छोरा ९ कक्षामा पढ्छन् । मास्क, स्यानिटाइजर र खाजा घरबाट नै पठाउँछिन् । उनी घरमै हुन्छिन् तर उनको मन भने छोरातिर स्कुलमा दौडिन्छ ।

‘डर र चिन्ताको साध्य छैन । स्कुलमा धेरै बच्चा हुन्छन् ।  सबैलाई सर मिसले केयर गर्न पनि गाह्रो हुन्छ । अनलाइनबाट पढाउने सुविधा भए राम्रो हुन्थ्यो’, उनी भन्छिन्, ‘घर फर्किँदा संक्रमित भएर आउने त होइन भन्ने डर छ । स्कुल लागेको छ, पढाउन पठाउनै पर्‍यो ।’

यो मनोदशाबाट उनी मात्र होइन, ७५ लाख बालबालिकाका अभिभावक गुज्रिएका छन् । स्कुल नपठाउ पढाइ छुट्छ, पठाऔँ कोरोना सर्ला भन्ने डर ।  

त्यसो त काठमाडौं उपत्यकाका केही अभिभावकले बालबालिका विद्यालय पठाउन छोडेका छन् । नयाँ बानेश्वरकी रामकुमारी बस्नेतकी छोरी इनोभेटिभ इङ्लिस स्कुलमा कक्षा ५ मा पढ्छिन् । बालबालिकामा संक्रमण देखिन थालेपछि छोरीलाई विद्यालय पठाउन छोडेको उनी बताउँछन् । 

प्रकाशित मिति: : 2021-04-15 18:16:00

प्रतिकृया दिनुहोस्