गण्डकी प्रदेश सरकार फेर्न यसरी जुट्यो कांग्रेस-माओवादी सहमति

नेपाल खबर

काठमाडौँ

नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गण्डकी प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बनाउने सहमति जुटेको छ।

लुम्बिनी प्रदेशमा माओवादी नेतृत्वमा सरकार बनाउन सघाउन कांग्रेस तयार भएपछि नयाँ समीकरण बनेको हो। २०७४ मंसिरमा चुनाव भएर बनेका प्रदेश सरकारमध्ये सबैभन्दा पहिले गण्डकी प्रदेश सरकार फेरबदल हुने संभावना देखिएको छ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने अन्तिम तयारीमा रहेका दुई पार्टीले मुख्यमन्त्री कसले लिने समेत टुंगो लगाएका छन्।

प्रकाशित मिति: : 2021-04-14 18:10:00

प्रतिकृया दिनुहोस्