मरुभूमिमा बनेको दुबई विश्वकै हरियालीयुक्त शहरमा रुपान्तरण हुँदै

विश्वको सबैभन्दा ठूलो मरुभूमिमा बनेको दुबई शहर ठूलो सपिङ मल तथा सुविधाका लागि प्रख्यात छ।

तर, अब यहाँको सरकारले दुबईलाई विश्वको सबैभन्दा हरियाली भएको ठाउँको रूपमा विकास गर्ने योजनाअघि सारेको छ। हालै सार्वजनिक ‘दुबई अर्बन मास्टार प्लान–२०४०’ अन्तर्गत सरकारले दुबईको मरुभूमि भएको ६० प्रतिशत स्थानलाई हरियाली बनाउने महत्वकांक्षी परियोजनालाई अघि सारेको छ।

प्रधानमन्त्री शेख मोहम्मद बिन राशिद अल मकतुम र दुबई शासकबाट सार्वजनिक गुरुयोजनाको उद्देश्य दुबई आर्थिक रूपले मात्र नभई, पर्यावरणीय हिसाबले पनि बसोबास योग्य तथा रोजगारीको लागि उत्कृष्ट शहर भएको प्रमाणित गर्नु हो।

सन् २००८ सम्म दुबईको कूल क्षेत्रफलमा ८ प्रतिशत भाग पनि हरियालीयुक्त थिएन। तर, २०२० सम्म आइपुग्दा शहरी क्षेत्रको ३५ प्रतिशत स्थान हरियालीबाट गुल्जार भइसकेको छ। यद्यपि शहर केन्द्रित हरियालीले दुबईको कूल क्षेत्रफलको २० प्रतिशत स्थान मात्र ओगटेको छ।



युएईमा एनआरएनए कति आवश्यक, किन आवश्यक ?



नयाँ गुरुयोजनाअन्तर्गत पाँचवटा शहरी केन्द्र (हालको तीन तथा थप दुई नयाँ) माथि सरकारले विशेष ध्यान दिएको छ। यसमा यी शहरलाई पुनः अपग्रेड गर्ने परिकल्पनाअघि सारिएको छ। यी योजनाहरूमा वन क्षेत्रको अधिकतम विकास तथा सार्वजनिक स्थान (पार्क) दुई गुणाले बढाउने उल्लेख छ। दुबईको जनसंख्या २०४० सम्म ५८ लाख पुग्ने अनुमान गरिएको छ। यसैलाई ध्यानमा राखेर हरियाली बढाउने योजना बनाइएको हो।

गुरुयोजनामा समुन्द्री तटको लम्बाई चार सय प्रतिशतले बढाउने समावेश गरिएको छ। दुबईमा प्रकृतिको भण्डार र ग्रामीण प्राकृतिक क्षेत्रको कूल क्षेत्रफल ६० प्रतिशत बनाउने तयारी छ। यस्तै आवासीय क्षेत्र तथा कार्यस्थललाई जोड्न ग्रीन कोरिडोर स्थापित गर्ने तथा पैदलयात्रु र साइलक चालकका लागि सहुलियत दिने व्यवस्था परिमार्जित गर्न लागिएको छ।

होटल तथा पर्यटकीय गतिविधिका लागि १ सय ३४ प्रतिशत भूमि व्यवस्थापन गरिने योजन समावेश छ। यस्तै, शिक्षा तथा स्वास्थ्य सुविधाका लागि छुट्टयाइएको जमिन २५ प्रतिशतले बृद्धि गरिने बताइएको छ। 


एनआरएनए युएईका अध्यक्षले नक्कली बिल बनाएर श्रमिककाे नाममा आएको २० लाख रकम खाएको पुष्टि

युएई दूतावासमा भेटिएका साइकल यात्री

प्रकाशित मिति: : 2021-04-13 21:14:00

प्रतिकृया दिनुहोस्