 
                                            
                                        
                                     
                                बिएल संवाददाता
 
                                नवनियुक्त चार मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।
सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरू अनिलकुमार सिह्ना, महावीर पुन, मदनप्रसाद परियार र जगदीश खरेलले सपथ गराएका हुन्।
समारोहमा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश, उपराष्ट्रपति लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।
सपथ समारोहमा सभामुख देवराज घिमिरे पनि सहभागी भएपछि जेन–जी नेताहरूले आक्रोश पोखेका छन्। ‘ओलीको मतियारलाई किन बोलाएको?’ भन्दै जेन–जीहरूले विरोध जनाएका हुन्।
जेन–जीको विरोधपछि प्रधानमन्त्रीको सचिवालयले भने संवैधानिक प्रक्रियामा सानो चित्त गर्न नहुने भनेको छ। यसअघि प्रधानमन्त्री र तीन मन्त्रीहरूको सपथमा सभामुख सहभागी थिएनन्।
जेन–जीको आपत्तिबारे सोधिएको प्रश्नमा सचिवालयका एक सदस्यले भने, ‘यस्तो कुरामा जेन–जीले पनि अनावश्यक बखेडा गर्नु उपयुक्त हुँदैन। यो एउटा संवैधानिक प्रोसेस हो। यसको सबै आयोजना राष्ट्रपति कार्यालयले गर्छ। प्रतिनिधि सभा नरहे पनि सभामुख त जीवित रहन्छ नि।’
 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया