बिएल संवाददाता
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष पदबाट राजीनामा दिएका छन्।
बुधबार काठमाडौंमा बसेको केन्द्रीय समितिको विशेष विस्तारित बैठकमा अध्यक्ष भट्टराईले पदत्याग गर्ने प्रस्ताव पेस गरेका हुन्। पार्टी उपाध्यक्ष मानुषी यमी भट्टराईले अध्यक्ष बाबुराम भट्टराईले पद त्याग्ने प्रस्ताव गरेको बताइन्।
बैठकले केन्द्रीय समिति भंग गरेर फागुनमा विशेष महाधिवेशनमा जाने निर्णय गरेको छ भने, महाधिवेशनका लागि आयोजक कमिटी पनि गठन गरिएको छ।
आयोजक कमिटीको संयोजक वरिष्ठ उपाध्यक्ष दुर्गा सोबलाई बनाइएको छ।
जेन–जी आन्दोलनको पुस्तान्तरणको मर्मबमोजिम बाबुरामले अध्यक्ष पद त्यागेर ठूला दलका नेताहरूलाई नैतिकताको चुनौती दिएका छन्।
कांग्रेस, एमाले, माओवादी केन्द्रलगायत दलहरूमा पुस्तान्तरणको माग उठिरहेको छ। यद्यपि तीनै दलका अध्यक्षहरू पुस्तान्तरणका लागि तयार देखिएका छैनन्।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया