साठी मुद्दा फछ्र्यौट

Symbolic photo
Symbolic photo

जिल्ला अदालत हुम्लाले चालु आर्थिक वर्षको हालसम्ममा ६० मुद्दाको फैसला गरेको छ। अघिल्लो आवको सरेका र यस वर्षको नयाँ दर्ता गरी चालु आवमा हालसम्म कूल ११४ मुद्दा दर्ता भएका थिए।  

अघिल्लो आवमा सरेर आएको मुद्दा सङ्ख्या ६१ रहेको छ भने चालु आवमा नयाँ ५३ मुद्दा दर्ता भएको जिल्ला अदालतका स्रेस्तेदार मदनराज भट्टराईले बताए। देवानीतर्फ जिम्मेवारी सरेको २७ तथा नयाँ दर्ता भएका २५ मुद्दा फछ्र्यौट भएका छन् भने २२ वटाको फैसला हुँन बाँकी छ। 

सरकारवादी मुद्दा जिम्मेवारी सरेका २६ र नयाँ दर्ता भएका १५ फछ्र्यौट भएका छन् भने २४ मुद्दा बाँकी रहेको भट्टराईले बताए।

दुनियाँवादी फौजदारीतर्फ जिम्मेवारी सरेका आठ र नयाँ दर्ता १० मध्ये १३ वटाको फैसला भएको छ। पुनरावेदनमा नयाँ दर्ता भएका तीनवटै मुद्दाको फैसला हुन बाँकी छ। जिल्ला अदालतमा आठ बालबालिकासम्बन्धी मुद्दा दर्ता भएका थिए भने चारको फैसला भइसकेको छ।  रासस 

प्रकाशित मिति: : 2021-04-12 20:31:00

प्रतिकृया दिनुहोस्