थप ५५९ जनामा कोरोना पुष्टि

बिएल संवाददाता

काठमाडाै‌ं
File photo
File photo

पछिल्लो २४ घण्टामा ५५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

५१०५ जनामा गरिएको पीसीआर परीक्षणमा ४९६ जना र ७२७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ भने कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १३८ रहेको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ५२४ पुगेको छ।

प्रकाशित मिति: : 2021-04-12 17:55:00

प्रतिकृया दिनुहोस्