महराको सभामुख पद सिध्याएकी रोशनीको अर्को काण्डः भान्जाविरुद्ध बलात्कार उजुरी, र्‍याडिसनमा आत्महत्या प्रयास

 गत २०७६ असोजमा रोशनी शाहीको जताततै चर्चा भयो। त्यसअघि कहिले पनि मिडियामा समेत नसुनिएको शाहीको नाम चर्चामा आउनुको कारण तत्कालिन सभामुख कृष्णबहादुर महरा हो। उनै महरासँग जोडेर शाहीको चर्चा भएको थियो।

जतिबेला शाहीले आफूलाई महराले जबर्जस्तीकरणी प्रयास गरेको आरोप मिडियामार्फत सार्वजनिक गरिन्। अनि एकाएक शाहीलाई मिडियाले पछ्याउन थाले। यता सभामुख महराले पदबाट राजीनामा दिनुपर्ने चर्को माग उठ्यो।

आफूमाथि आरोप लगाएपछि १४ असोज २०७६ मा महराले सभामुख पदबाट राजीनामा दिएका थिए। १९ असोजमा सभामुख निवासबाट पक्राउ परेका महरा फागुनसम्म डिल्लीबजार कारागारमा पुर्पक्षका लागि थुनामा बसे। पछि अदालतले उनलाई निर्दोष फैसला गर्यो। ५ फागुन २०७६ मा जिल्ला अदालत काठमाडौंका न्यायाधीश अमरराज पौडेलको इजलासले महरा निर्दोष रहेको फैसला गरेको थियो।

सुरुमा जबर्जस्तीकरणी प्रयासको आरोपमा सभामुख पद गुमाएका महराको थुनछेक बहासमा बयान दिने क्रममा शाहीले आरोप अस्वीकार गरिन्। अनि घटनाले अर्कै मोड लियो। रोशनीले आफूमाथि महराले बलात्कार प्रयास नगरेको अदालतमा बयान दिएकी थिइन्। उनले महरा आफ्नो अभिभावक सरह भएको बताउन थालिन्।

यसरी महरासँगको नाम जोडेर चर्चामा आएकी शाहीको अर्को त्यस्तै प्रकरण बाहिरिएको छ। पछिल्लो समय उनले आफ्नै भाञ्जा पर्नेलाई जबर्जस्तीकरणी प्रयासको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएको घटना बाहिरिएको हो।

प्रकाशित मिति: : 2021-04-12 15:53:00

प्रतिकृया दिनुहोस्