नागरिकतालगायत ९ बुँदे माग राख्दै ओबिसी धर्नामा 

विजय साह

जनकपुर
File photo
File photo

नागरिकतालगायत ९ बुँदे माग राख्दै ओबिसी महासभाले आज जिल्ला प्रशासन कार्यालय धनुषामा धर्ना दिएका छन्।

जन्मसिद्व नागरिकता प्राप्त व्यक्तिका सन्तानलाई वंशजको आधारमा नागरिकता दिनुपर्ने, पिछडावर्ग ओबिसी आयोग गठन गर्नुपर्ने लगायतका ९ बुँदे माग राख्दै ओबिसी गत २१ गतेबाट आन्दोलनमा उत्रिएका हुन्। 

सोमबार पिछडावर्ग ओबिसी महासभाका राष्ट्रिय अध्यक्ष राम कुमार महतोको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय धनुषाको परिसरभित्र धर्ना दिएको महासभाका राष्ट्रिय सहमहासचिव नागेन्द्र सिंहले जानकारी दिए।

धर्ना कार्यक्रममा केन्द्रीय बरिष्ठ उपाध्यक्ष ईन्दु सिंह, उपाध्यक्ष जंगबहादुर महतो, बिणा कुशवाहा, सह–महासचिव नागेन्द्र सिंह, सह–कोषाध्यक्ष दिपलाल महतो, केन्द्रीय सदस्य पवन साह लहेरी, भरथ साह, मरु राय, मिना ठाकुर, सहित प्रदेश २ को अध्यक्ष प्रमेश्वर महतो, उपाध्यक्ष तेजनरायण यादव, गंगालाल महतो, कोषाध्यक्ष उर्मिला महतो, सचिव जयनारायण महतो, सह–सचिब सियालाल महतो, सदस्य प्रेमकला साह, धनुषा जिल्ला अध्यक्ष श्रवण महतो, उपाध्यक्ष सगमलाल राउत, महोत्तरी जिल्ला सचिव सुरेन्द्र कुमार महतो, लगायत सम्पुर्ण ओबिसी कार्यसमितिको सहभागीता रहेको छ।

कोरोना महामारीको जोखिमलाई ध्यानमा राख्दै भीडभाड नगरी आवश्यक स्वास्थ्य सतर्कता अपनाइ आनदोलनका कार्यक्रम अगाडी बढाइ रहेको सहमहासचिव सिंहले बताए। 

यसअघि ओबिसीले सिरहा, महोत्तरी, सर्लाही र रौतहटमा जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका थिए।

गएको फागुन २२ गते प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरी पिछडावर्ग ओबिसी महासभाले विभिन्न चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको थियो।

प्रकाशित मिति: : 2021-04-12 14:36:00

प्रतिकृया दिनुहोस्