प्रिन्स फिलिपको अन्तिम संस्कारमा नातिनी बुहारी मेगन मर्केल उपस्थित नहुने

बिएल संवाददाता

वासिङ्टन डीसी

ब्रिटेनकी महारानी एलिजाबेथ द्वीतीयाका पति ड्युकअफ एडिनबर्ग प्रिन्स फिलिपको अन्तिम संस्कारमा नातिनी बुहारी मेगन मर्केल सहभागी नहुने भएकी छिन्।

ब्रिटेन सरकारले कोरोनाको कारण शोक सभामा केवल ३० व्यक्तिलाई मात्र सहभागी हुने अनुमती दिएको कारण प्रिन्स ह्यारी मात्र सहभागी हुने बताइएको छ।

राज दरबारको स्रोत अनुसार मर्केल हाल गर्भवती छिन्। उनलाई चिकित्सकहरुले हवाई यात्रा गर्न रोक लगाएका छन्।

मर्केल हाल अमेरिकाको लस एन्जल्समा बस्दै आएकी छन्। 

प्रकाशित मिति: : 2021-04-11 19:40:00

प्रतिकृया दिनुहोस्