महन्थ ठाकुर र उपेन्द्र यादवको ‘केमेस्ट्री’ नमिलेपछि...

रातोपाटी

काठमाडाै‌ं

विगतमा भिन्नाभिन्नै समूहमा रहेका मधेसवादी दलहरु मिलेर अहिले जनता समाजवादी पार्टी नेपाल (जसपा) बनेको छ । तर, समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर जसपा बने पनि यी दुई पार्टीमा शीर्षनेताहरुको ‘केमेस्ट्री’ नमिल्दा धाँजा फाटिरहेको छ ।

सबैको पृष्ठभूमि मधेस आन्दोलन

२०६२/०६३ सालमा दोस्रो आन्दोलन र त्यसपछि मधेस आन्दोलन सुरु हुँदा निर्वाचन आयोगमा दर्ता भएको मधेसकेन्द्रित पार्टी नेपाल सद्भावना पार्टी मात्रै थियो ।

उपेन्द्र यादवले नेतृत्व गरेको मधेसी जनअधिकार फोरम एउटा समाजिक संस्थाका रुपमा संगठित थियो, तर पार्टीको आकार लिएको थिएन । पहिलो मधेस आन्दोलनलाई यही फोरमले हाँकेको थियो । पछि त्यसमा सद्भावना पार्टी जोडियो ।

दोस्रो मधेस आन्दोलनसम्म आइपुग्दा महन्थ ठाकुरको नेतृत्वमा तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) जन्मियो । र, नवगठित तमलोपा पनि मधेस आन्दोलनमा जोडियो । अन्ततः फोरम, सद्भावना र तमलोपाले कार्यगत एकता गरेर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा बनाए ।

सत्तामा पुगेपछि टुटफुट शुरु

सरकारसँग ८ बुँदे सम्झौतापछि तीनै दलहरु आ–आफ्नो ब्यानरमा संविधानसभाको चुनावमा सहभागी भए । पहिलो संविधानसभा चुनावपछि यी तीन दलको सत्ता–यात्रा सुरु भयो । सँगसँगै, पार्टी विभाजनको श्रृङ्खला पनि सुरु भयो ।

उपेन्द्र यादव नेतृत्वको तत्कालीन फोरम चार टुक्रा भयो । नेपाल सद्भावना पार्टी पाँच टुक्रा भयो । त्यस्तै तमलोपा दुई टुक्रा भयो । अन्ततः तीनवटा दलबाट ११ वटा दल बने । २०७० को दोस्रो संविधानसभा चुनावमा फुटकै कारण मधेसवादी दलहरु कमजोर बने ।

प्रकाशित मिति: : 2021-04-11 16:36:00

प्रतिकृया दिनुहोस्