अमेरिकामा बस्दै आएका लोक गायकको नाम माधव समूहले कमिटीमा राखेपछि...

बिएल संवाददाता

वासिङ्टन डीसी

नेकपा एमाले माधव नेपाल समूहले स्याङजामा चैत्र २४ गते १ सय ७५ सदस्यीय जिल्ला कमिटी गठन गर्यो।

तर गठन भएको कमिटीमा यस्तो मान्छेको नामपनि समावेश गरिएको छ, जो लामो समयदेखि अमेरिकामा बस्दै आएका छन्। 

माधव समूहले कमिटी विस्तारको नाममा हावादारी तरिकाले मानिसको नाम मात्र प्रयोग गरेको पाईएको हो। पछिल्लो समय नेपाली राजनीतिमा निकै सकसपूर्ण अवस्थाबाट गुज्रिरहेको माधव समूहले पार्टी विस्तारको नाममा केवल कागजमा मात्रै कार्यकर्ताको नाम र संख्या बढाउदै गएको छ।

माधव समूहको जिल्ला कमिटीमा आफ्नो नामलाई जथाभावी प्रयोग गरेको भन्दै लोक गायक भगवान भन्डारीले आपत्ती जनाएका छन्। उनी लामो समयदेखि अमेरिकामा छन्। तर उनको नाम माधव समूहको जिल्ला कमिटी सदस्यमा उल्लेख गरिएको छ। उनलाई थाहा पनि थिएन- आफ्नो नाम जिल्ला कमिटीमा छ भनेर। साथीहरुले मेसेज गरेर बधाई दिन थालेपछि मात्रै उनलाई यो कुरा थाहा भयो, र झसङ्ग भए।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, 'माकुने गुटको जिल्ला कार्य समितिमा चापाकोटबाट भगवान भण्डारी नाम पनि रैछ। यहि नामको अरू कोहि हुनुहुन्छ कि मेरो नाम राखेको हो?'

साथै उनले सोही ठाउँबाट अरु व्यक्तिलाई समावेश गरिएको भएपनि आफूलाई जानकारी दिन आग्रह गरेका छन्।


केपी शर्मा ओलीको दोस्रो र तेस्रो विकल्प पनि उहाँ नै प्रधानमन्त्री हो : लक्ष्मणलाल कर्ण (भिडियो अन्तर्वार्ता)

प्रकाशित मिति: : 2021-04-11 10:29:00

प्रतिकृया दिनुहोस्