ब्रिटेनकी महारानी एलिजाबेथका पति प्रिन्स फिलिपको निधन

बिएल संवाददाता

वासिङ्टन डीसी

ब्रिटेनकी महारानी एलिजाबेथका पति प्रिन्स फिलिपको निधन भएको छ।

उनको ९९ बर्षको उमेरमा शुक्रबार लन्डनस्थित बंकिघम दरबारमा निधन भएको हो। बिबिसीको रिपोर्ट अनुसार ड्युक अफ एडन्बर्गको दरबारमा रहेको महारानीको निजी निवास विन्डसर क्यासलमा निधन भएको हो। 

तत्कालीन राजकुमारी एलिजाबेथसँग उनको सन् १९४७ मा विवाह भएको थियो। एलिजाबेथ दम्पतीका चार छोरा-छोरी, आठ नाति-नातिना र १० पनाति-पनातिनीहरु छन्।

१० जुन १९२१ को दिन ग्रिसमा जन्मेका प्रिन्स फिलिप महारानीसँग विवाह गर्नुभन्दा पहिले रोयल नेभी अर्थात ब्रिटेनको हवाई सेनामा कार्यरत थिए। 

प्रकाशित मिति: : 2021-04-10 06:27:00

प्रतिकृया दिनुहोस्