बिएल संवाददाता
सांसद पद खारेज भएसँगै मन्त्री पनि गुमाएका चार नेताले मन्त्री पदमा पुनर्नियुक्ति पाएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा संविधानको धारा ७८ को उपधारा (१) बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार चारै जनालाई मन्त्री नियुक्त गरेकी हुन्।
माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले पुनर्नियुक्ति गरेकी हुन्।
उनीहरूले पुरानै मन्त्रालयको जिम्मेवारी पाएका छन्। उनीहरुको शपथ कार्यक्रम शुक्रबार साँझ ५ बजे तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया