द्विपक्षीय सुरक्षा जारी राख्न अमेरिका र इराक सहमत

बिएल संवाददाता

वासिङ्टन डीसी
Photo : FT
Photo : FT

अमेरिका र इराकले युद्दग्रस्त देशहरुमा अमेरिकी नेतृत्वको सैनिकहरुलाई इस्लामिक स्टेट (आइ एस)को विरुद्ध परिचालित गराउन सहमत भएका छन्।

हालै भएको अमेरिका र इराकबीच रणनीतिक छलफलबाट यस्तो सहमती भएको हो। इराकी विदेशमन्त्री फवाद हुसैन र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले नेतृत्व गरेको प्रतिनिधिमण्डलबीच भिडियो कल मार्फत छलफल भएको थियो।

उक्त छलफलमा दुइ देशबीचको सुरक्षा, आतंकवाद, आर्थिक अवस्था, उर्जा र राजनैतिक र सांस्कृतिक सम्बन्धको बारेमा छलफल भएको थियो। 

छलफलबाट दुवै देशले  द्विपक्षीय सुरक्षा जारी राख्नपनि सहमत भएका छन्। 

३ जनवरी २०२० मा बगदाद विमानस्थलमा अमेरिकी सेनाको ड्रोन आक्रमणबाट ईरानको कुद्स फोर्सका पूर्व कमान्डर कासिम सुलेमानी र अर्धसैनिक हैश शाबीको प्रमुख कमान्डर अबू महदी अल-मुहाण्डिसको मृत्यु भएको थियो। त्यसयता इराक र अमेरिका सम्बन्धमा चिसोपना आएको थियो। 

त्याे घटनापछि पहिलोपटक भएको अनलाइन वार्तापछि इराक र अमेरिकाको सम्बन्ध सुध्रने अपेक्षा गरिएको छ। 

प्रकाशित मिति: : 2021-04-09 06:21:00

प्रतिकृया दिनुहोस्