गृह मन्त्रालयले गर्‍यो एकैदिन २६ जना सहसचिव र उपसचिवको सरुवा (सूचीसहित)

फाइल तस्वीर
फाइल तस्वीर

गृह मन्त्रालयले २६ जना सहसचिव र उपसचिवको सरुवा गरेको छ।

बिहीबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मन्त्रिस्तरीय निर्णयबाट २६ सहसचिव र उपसचिवको सरुवा गरेका हुन्।

मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराईलाई अध्यागमन विभागको महानिर्देशकमा सरुवा भएका छन्।

त्यस्तै, सहसचिव शिवराम गेलाललाई बाँकेको प्रमुख जिल्ला अधिकारीमा, सह–सचिव होमप्रसाद लुइँटेललाई लमजुङ, राजेन्द्रदेव पाण्डेलाई बैतडी, धर्मेन्द्र मिश्रलाई नवलपरासी पठाइएको छ।

त्यसैगरी नवराज सापकोटालाई रोल्पा, सुनिल खनाललाई डोटी, भरतमणि पाण्डेलाई मकवानपुरको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ।
थप सूचीसहित

प्रकाशित मिति: : 2021-04-08 18:05:00

प्रतिकृया दिनुहोस्